धरानः धरानमा लगत संकलन गर्दा छुटे भएका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई वडा कार्यालयमा निवेदन दिन एक साताको समय दिइएको छ ।

धरान उपमहानगरपालिकाले फारम भर्न छुट भएकाहरुलाई माघ २५ गतेदेखि फागुन २ गतेसम्म आवश्यक कागजातसहित वडा कार्यालयहरुमा निवेदन दिन आह्वान गरेको छ । उपमहानगरपालिकाकाको लगत संकलन ईकाई प्रमुख वेदप्रसाद सापकोटाका अनुसार धरानमा फारम भर्न छुटेको भन्ने गुनासो आएकोले निवेदन दिनको लागि एक साताको समय दिइएको छ । एक साताभित्र आवश्यक कागजसहित निवेदन दिनुपर्ने र त्यसको आधारमा पछि फारम भरिने पनि सापकोटाले बताए । 

Video:

उनका अनुसार निवेदनको आधारमा धरानमा कति परिवार छुटेका छन् भन्ने प्रष्ट हुनेछ । उक्त तथ्यांकले लगत संकलनको लागि कति कर्मचारी आवश्यक पर्छ भन्ने पनि थाह हुने र छुटेकाहरुलाई फारम भर्ने कार्य त्यसपछि शुरु हुने उनले बताए । यसअघि धरानमा १३ हजार ३१० वटा फारम संकलन भइसकेको थियो । संघीय सरकार परिवर्तन भएलगत्तै गठबन्धन सरकारले भुमि आयोग खारेज गरेपछि धरानको लगत संकलन रोकिएको थियो । सरकारले केशव निरौलाको अध्यक्षतामा पुनः राष्ट्रिय भुमि आयोग गठन गरेपछि यही माघ २१ गते आयोग र धरान उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । अध्यक्ष निरौलाले अघिल्लो आयोगको पालामा भएको कामलाई स्वामित्व ग्रहण गर्दै निरन्तरता दिने बताएका थिए ।

bhumi1

Video: