विराटनगर: विराटनगर महानगरपालिका १४ बाट तास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो (शनिबार) साँझ ६ बजे ईलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु विराटनगर १४ का २३ बर्षीय सुबोध यादब, २२ बर्षीय प्रकाश यादब, २८ बर्षीय मुकेश यादब, ३८ बर्षीय महानन्द यादब, २८ बर्षीय दिना यादब र ३० बर्षीय केसाल यादब रहेका छन् । 

उनीहरुको साथबाट १ लाख ९ हजार ७ सय नेपाली नगद र १२ हजार ९० भारतीय नगद पनि वरामद भएको प्रहरीले जनाएका छ । पक्राउ परेकाहरुलाई जुवा कसूरमा ५ दिनको म्याद थप भएको र अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।