धरान: धरान भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको छ । 

आज (बुधबार) दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेका थिए । त्यसपछि प्रहरीमा खबर पुगेको र अहिले मुचुल्का गरेर अन्य सबुत प्रमाणहरु परिक्षणको लागि पठाउन संकलन गरिएको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । 

शवको जिउ* भने भेटिएको छैन । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘एउटा खुट्टा र टाउको फालिएको अवस्थामा भेटिएको छ । एक जना दाउरा टिप्न जादा दुर्गन्ध फैलिएर फेला परेको रहेछ,’डिएसपी कुँवरले भने,‘कानुनी प्रक्रिया गरेका छौ । लाशको मुचुल्का गरेर सबुतहरु परिक्षणको लागि पठाउछौ । र अनुसन्धान गछौ ।’

*शवको जिउ हुनुपर्नेमा टाउको भएकोमा सच्याइएको छ । सम्पादक