झापा: प्रहरीले झापामा बम जस्तो देखिने गरि प्रेसर कुकर राख्ने ९ जनालाई एक महिना पछि पक्राउ गरेको छ ।

झापाको बिर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरी गरेको प्रहरीले जनाएको छ । विभिन्न मिति र भिन्न ठाउँबाट पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरादह नगरपालिका २ का ३८ बर्षीय सुमन कुमार कार्की मुखय योजनाकार हुन् ।

यस्तै, कन्काई ३ का ४१ बर्षीय भिष्म थापा, दमक ९ की ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई ४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी १ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम पनि पक्राउ परेका छन् । यसैगरि, संखुवासभा खाँदवारी १० घर भई हाल सुन्दरहरैचा ६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दहाल, झापा गौरीगञ्ज गाउँपालिका ३ का ३२ बर्षीय अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका ५ का ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज ३ का ४५ बर्षीय बिजय कुमार दास हलुवाई पनि पक्राउ परेका छन् । 

hapa-bam

विर्तामोड नगरपालिका ४ स्थित पश्चिम बस स्टेण्डमा माघ ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको थियो । यस्तै, दमक ५ स्थित सिवान चर्चको गेटमा पनि सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु माघ १३ गते फेला परेको थियो । उक्त घटनाबारे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (आरआइी), जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा अनुसन्धानमा जुटेको थियो । 

घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छापहरु १० थान, बिभिन्न कम्पनीका ७ थान मोवाइल फोन समेत बरामद भएको प्रहरील जानकारी दिएको छ । पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।