धरान: धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ । 

होटलको एक कोठामा दुई दिनदेखि बसिरहेका महिलाको शव भेटिएको हो । आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ईलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

kantipur-hotel1

डिएसपी नरेन्द्र कुँवरका अनुसार महिलाको शव भेटिएको र उनको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको बताए । आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने उनले बताए ।

होटल सञ्चालक सुशिल जिमीका अनुसार २ दिनदेखि महिला र एक पुरुष होटलमा बसेका थिए । आज बिहान सफा गर्न कर्मचारी गएका थिए । त्यसक्रममा कोठामा चुकुल नलगाएको कारण कोठा खोलिएको र महिलाको शव भेटिएको उनले जानकारी दिए ।