धरान: कोशी राजमार्गको धरान-भेडेटार सडक खण्डमा एक पुरुष मृत फेला परेका छन् ।

उक्त शवको सनाखत भएको छैन । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शव धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा भेटिएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ । 

मृतक मागेर हिड्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । केही दिनदेखि भेडेटार क्षेत्रमा मागेर हिडेको स्थानीयले देखेका थिए । प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन । शव मर्चरीमा राखिको र सनाखतको लागि प्रयास भइरहेको पनि उनले बताए ।