धरान: धरान उपमहानगरपालिकाले धरान १७ स्थित देवीथान र कालापानी क्षेत्रमा सार्वजनिक प्रति ऐलनी जग्गा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काउन अल्टिमेटम दिएको छ । 

धरान उपमहानगरपालिकाले बुधबार सुचना जारी गर्दै ७ दिनभित्र अवैधरुपमा बसोबास गर्ने उद्देश्यले बनाइएको घर टहरा हटाउन अल्टिमेटम दिएको हो । धरान १७ स्थित सुन्दर बस्ती छेउमा रहेको कालापानी र देवीथान क्षेत्रमा धमाधम सार्वजनिक जग्गा अतिक्रमण गरि घर टहरा निर्माण गरिएको छ । यसले खोलाको प्राकृतिक वहाव क्षेत्र रोकिने र भविष्यमा प्राकृतिक विपत्तिको जोखिम हुने उपमहानगरपालिकाको भनाई छ । 

ऐलनी प्रति जग्गाहरु अतिक्रमण गरि घर टहरा बनाउनु नियम कानुन विपरीत भएको भन्दै उपमहानगरले बिना इजाजत निषेधित क्षेत्रमा नयाँ बनाइएको घर टहराहरु र घेराबारा ७ दिनभित्र हटाउन भनिएको छ। अटेर गरेमा स्थानीय प्रशासनले जुनसुकै बेला पनि हटाउने सुचनामा उल्लेख छ । 

सर्दु खोला किनारमा अतिक्रमण गरि घर टहरा बनाउने, किनबेच गर्ने क्रम बढेपछि सिडिओसहितको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । साथै, फागुन १५ गते धरानमा भएको सर्वपक्षीय छलफलले २०७२ साल यताको नयाँ बस्तीहरु हटाउने निर्णय गरेको थियो । 

sardu-notice