धरान: आज बिहानै कोशी राजमार्ग स्थित धरानको अरुण पेट्रोल पम्प अगाडि सडकमा दुई मोटरसाइकल एकआपसमा जुधेको छ । 

दुध बोकेर आउदै गरेको प्रदेश १ ०४० प ४५९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट को ५ प ४००४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । वरगाछी स्थित अस्थायी प्रहरी चौकी अगाडि नै भएको उक्त दुर्घटनामा दुवै मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुध बोकेर धरान बजार आउदै गरेको मोटरसाइकल चालक धरान ६ पानवारी निवासी रामजी कार्की भएको प्रहरीले जनाएको छ । उनको करिब ८५ लिटर दुध पोखिएर क्षति भएको थियो ।

यस्तै, अर्का मोटरसाइकल चालक सप्तरी निवासी रमेशकुमार मण्डल हुन् । उनी विद्यार्थी भएको र परीक्षा दिन जादै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल दक्षिणतिरबाट उत्तरतर्फ जादै गरेको थियो । विद्यार्थीले चलाएको मोटरसाइकलले पछाडिबाट दुध बोकेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

भिडियो: