मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ७ मा डेढ बर्षीया नावालिकाको जबरजस्ती करणी गरी हत्या भएको छ । 

नावालिकाकाको करणी र हत्या आरोपमा २ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । मोरङ प्रहरीका अनुसार शुक्रबार बेलुका साँढे ५ बजेतिर घरबाट नै बालिका हराएकी थिइन् । उनी साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । 

अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्दार गरी उपचारको लागी नोबेल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा सोही दिन राती साँढे १२ बजे मृत्यु भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपेर घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा त्यही छाडेर फरार भएको खुलेको थियो । 

प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे अजय गछिया खोलमा बालुवा चाल्दै गरेको बोला उनको दाई मिथुनसँग भेटघाट भएको थियो । उनीहरुले केरा बगानमा गएर गाँजा खाइसकेपछि अजयले बच्चा लिएर आउँछु भनेर हिडेका थिए । नाबालिकालाई घरको छेउमा एक्लै खेल्दै गरेको देखेपछि बोकेर बनमारा झाँडीमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । करणी गर्ने क्रममा नाबालिका रुन थालेपछि टाउकोमा बियरको बोतल र ढुंगासमेतले प्रहार गरेको खुलेको छ ।