धरान: धरानको वडा नं ६ पानवारीस्थित आसरा सुधार केन्द्रको सम्पुर्ण जिम्मेवारी तथा स्वामित्व १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ । 

हालसम्म रानीवारी, महाराजगंज, काठमाडौंको स्वामित्वमा रहेको धरानस्थित केन्द्रलाई प्रदेश प्रहरीमा हस्तान्तरण गर्दै चौथो बार्षीकोत्सव मंगलबार सम्पन्न भएको छ । केन्द्रको प्रांगणमा आयोजित कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा रहेकी थिइन् । 

प्रमुख अतिथि थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताइन् । उनले केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने पनि बताइन् । थापाले केन्द्रका कर्मचारी तथा बिभिन्न खेलकुद बिधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान पनि गरेकी थिइन् । 

asara

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं.प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं डिआइजी अरुण कुमार बिसी, पुर्व प्रहरी नायव महानिरीक्षक ज्ञान बिक्रम साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रका अध्यक्ष एवं एसएसपी बिकाशराज खनालको अध्यक्षतामा बार्षिकोत्सव सम्पन्न भएको थियो । केन्द्रमा उपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

जनसहभागितामा निर्माण भएको भवन सञ्चालनको लागि ९ सदस्यीय समिति रहेको छ । ती मध्ये ४ जना धरानका सामाजिक अगुवाहरु छन् भने अन्य नेपाल प्रहरीबाट छन् । केन्द्रमा हाल ७३ जना दुव्र्यसन त्याग्नको लागि उपचाररत अवस्थामा छन् ।