सोलुखुम्बु:  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ का ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । 

श्रीमति हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । आरोपित राईले हिजो बुधबार राती साँढे ७ बजे आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिएको थियो । सोही प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको वयान दिएका छन् । खुकुरी प्रहारबाट मनिलाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।