धरान: धरान रन समुहले दशौं धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आय–व्यय सार्वजनिक गरेको छ ।

धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । गत फागुनमा सम्पन्न १० के धरान रन नेवा च्यारिटीबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैया बचत भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । नाफा भएको रकम एजुकेशन फण्डमा जम्मा गरिने र त्यहाँबाट प्राप्त हुने ब्याजबाट बालबालिकाहरुको शिक्षा, हरेक शनिबार आयोजना हुने धरान रनको व्यवस्थापनमा खर्च गरिने पनि उनले बताए । 

dharan-run

बर्षेनी आयोजना हुदै आएको १० के रनबाट बचेको नाफाले पछिल्लो बर्षमा धरान रनले एजुकेशन फण्ड बनाएको छ । उक्त अक्षय कोषको ब्याजबाट प्राप्त हुने रकमले सामुदायिका विद्यालयका जोहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री छात्रवृत्ति प्रदान गर्ने गरेको छ । शनिबार पनि धरान रनले छात्रवृत्तिमा छानिएका १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । 

नेवा एजुकेशन फण्ड मार्फत उनीहरुलाई सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए । उनका अखनुसार नानी तामाङ, रेविका बोगटी, लाक्पा छिरिङ शेर्पा, तारा कार्की, समर्पण राई, मनिता घतानी, नेहाम कार्की, उषा राई, अनु राई, नमुना कठैत, तोहिब अन्सारी र निर्मल थापा मगरलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । उनीहरुलाई कपि, डटपेन, ट्रयाक सुट, छाता लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । 

धरान रन समुहले धरान रनका आयोजना गरी आएको फाइदाबाट १२ लाखको अक्षय कोष निर्माण गरेको र सोही कोषबाट आउने ब्याजबाट शैक्षिक क्षेत्रमा सहयोग गरिदै आएको पनि धरान रनका अध्यक्ष राईले बताए । 

dharan-run1

dharan-run2