धरान: पाँच बर्षअघि धरानको गेष्ट हाउसमा एक नाबालिकालाई जर्बजस्ती करणी गरेको गर्ने व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १० स्थित जनहित गेष्ट हाउसमा इटहरीको ब्लुमिङ ईंलिस स्कुलका तत्कालिन प्रिन्सिपल राजकुमार खड्का पुर्पक्षको लागि कारागार चलान भएका हुन् । प्रहरीका अनुसार खड्काले तत्कालिन १६ बर्षीया एक नाबालिकालाई गेष्ट हाउसमा लागेर २०७४ साउन २६ गते जर्बजस्ती करणी गरेका थिए । पीडितले भदौ २ गते ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले अनुसन्धान शुरु गरेपछि खड्का फरार रहेका थिए । उनलाई जेठ १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर धरान पठाएको थियो । उनलाई सोमबार जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएपछि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।