धरान: संखुवासभाको चैनपुर १ मा आज बिहान गएको सुक्खा पहिरोमा पुरिएर धरानका एक सहित २ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बिहान ११ बजे चैनपुर नगरपालिका १ नुनढाकीस्थित चैनपुर नुनढाकी भित्रि सडकखण्डमा सडकको भित्तामा तार जाली पर्खाल लगाउदै गर्दा सुख्खा पहिरो गएको थियो । करिब २० मिटर माथिबाट आएको सुख्खा पहिरोले धरानका ३५ बर्षीय रामकुमार राई र उदयपुरको चौदण्डी नगरपालिका ६ बेलटारका २० बर्षीय हेमबहादुर मगरलाई पुरेको थियो ।

दुवैको घटनास्थलमा नै मृत्यु भएको संखुवासभा प्रहरीका मिडिया समन्वय अधिकृत सरोज खनालले जानकारी दिए । स्थानीयको सहयोगमा पुरिएका व्यक्तिहरुको उद्दार गरिएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।