धरान: धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । 

विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ट्यालेन्ट हन्टको माध्यमबाट बास्केटवल खेल विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले विगत केही बर्षदेखि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना हुदै आएको छ । 

संघले ट्यालेन्ट हन्टमा सहभागी एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा हेरेर धरानका विभिन्न कलेजमा छात्रवृत्ति दिदैं आइरहेको संघका अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए । हालसम्म संघको सिफारिसमा विद्यालय, प्लस टु र व्याचलर लेवलमा गरि सय भन्दा वढि महिला तथा पुरुष बास्केटवल खेलाडिहरु छात्रवृत्तिमा अध्ययन गरिरहेको उनले बताए । धरानको डिपो स्कुल, धरान मेघा कलेज, एम्स एकेडेमी, सगरमाथा एसडी कलेज, नेसनल कलेज, सियोन स्कुल लगायतमा बास्केटवल खेलाडीहरु छात्रवृत्तिमा अध्यन गरिरहेका छन् ।

सातौ ट्यालेन्ट हन्टका प्रतिभावान एक दर्जनभन्दा बढी खेलाडीहरुलाई धरान मेघा कलेज, सियोन स्कुल, डिपो स्कुल र एम्स एकेडेमिमा छात्रवृतिmका लागि सिफारिस गरिने संघले जानकारी दिएको छ । सातौ ट्रयालेन्ट हन्टमा एसइइ दिएका विद्यार्थी वाहेकका बास्केटवल प्रशिक्षण लिन इच्छुकहरुले टे्रनिङ्ग क्याम्पमा सहभागिता जनाउन पाउने छन् । असार ५ गतेदेखि दुई हप्तासम्म संचालन हुने ट्यालेन्ट हन्ट क्याम्प धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ ।

ट्रेनिङ्ग क्याम्प संपन्न गर्नका लागि सुनसरी बास्केटवल संघ, सियोन स्कुल, धरान मेघा कलेज, एम्स एकेडेमि र डिपो स्कुलको सहयोग रहेको छ । सहभागी प्रशिक्षार्थीहरुलाई  १ न. प्रदेश बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई र उनको सहयोगीहरुले प्रशिक्षण दिनेछन । 

 समापनमा बास्केटवल प्रतियोगिता हुने 

सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्पको समापनको दिन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिता हुनेछ । प्रतियोगितामा एसइइ दिएका र दश कक्षासम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । विजेता तथा उपविजेता टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने बास्केटवल संघले जनाए । प्रतियोगिताका उत्कृष्ट खेलाडि र उदयीमान खेलाडिलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराए ।