धरान: ८ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा धरानमा लाफ्टर क्लबको उद्घाटन गरिएको छ ।

मंगलबार धरान १६ स्थित भगवती स्कुलमा आयोजित कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले क्लबको उद्घाटन गरेका थिए । दिवसको अवसरमा पताञ्जल योग समिति सुनसरीले मानवताका लागि योग गरौ, निरोगी रहौ भन्ने नाराका साथ प्रभात फेरि पनि गरेको थियो । घन्टाघर भानुचोकदेखि शुरु भएर छाता चोक, लक्ष्मीचोक हुँदै भगवती स्कुलमा सभामा परिणत भएको थियो । 

पातन्जल योग समिति सुनसरीका अध्यक्ष हेमचन्द्र राईको अध्यक्षमतामा आयोजित कार्यक्रममा लाफ्टर क्लबको उद्घाटन पश्चात अतिथि र सहभागी सबै हाँसेको हाँस्यै भएका थिए । क्लबले प्रत्येक दिन साँझ ६ बजे हसाउने पनि समितिले जनाएको छ । क्लबलाई धरानको सबै वडा कार्यालयहरुसँग समन्वय गरेर विस्तार गर्ने र सबै धरानेहरुलाई हाँस्न सिकाउरु स्वास्थ्य बनाउने जिल्ला अध्यक्ष राईले बताए । 

उपमेयर बेघाले आफु राजनीतिक कारणले जेलमा रहँदा योग सिकेको स्मरण गर्दै स्वामी विकासनन्दले हसाएर नै कार्यक्रम गरेर हासेर नै सकेको बताए । उनले जीवनमा योगको महत्व भएको उल्लेख गर्दै निरोगी रहन योग गर्नुपर्ने बताए । बिशेष गरेर ब्यस्त जीवन रहेको सहर, बजारमा योगको महत्व बढेर गएको पनि उपमेयर बेघाले बताए । उनले पनि योगलाई प्रर्वद्धन गर्नुपर्ने र स्थानीय सरकारले पनि सहकार्य गर्नुपर्ने धारणा राखे । 

उपमहानगरपालिकाकी सामाजिक विकास अधिकृत प्रज्ञादेवी निरौलाले आफ्नो पुर्खाको इतिहासलाई विर्सन नहुने भन्दै योग पनि पुर्खाकै देन भएको बताइन् । योगले शारीरिक, मानसिकरुपमा स्वास्थ्य बनाउने र सुख, शान्ति दिलाउने भन्दै उनले नेपालको बिशेषताहरुलाई चिनेर अघि बढ्नुपर्ने बताइन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले सबै स्वास्थ्य रहनुपर्ने र आउदो पिढीलाई पनि प्रेरणा दिनुपर्ने बताए । योग दिवसको औपचारिक कार्यक्रम पश्चात योगका विभिन्न आसन र लाफिङ योग गर्दै समापन भएको थियो ।

पताञ्जल योग समिति धरान गठन

धरानमा सुनिल नेपालको अध्यक्षतामा पातन्जल योग धरान नगर समिति गठन भएको छ । ८ औं अन्र्तराष्ट्रिय योग दिवस मनाउने क्रममा मंगलबार कार्यसमिति घोषणा गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा बिजय अछामी, सचिवमा अनिता रेग्मी, सहसचिबमा सुदर्शन श्रेष्ठ रहेका छन् भने कोषाध्यक्षमा लक्ष्मण प्रसाई रहेका छन् । 

यसैगरि, सदस्यहरुमा अच्युत पराजुली, रिमा थापा मगर, निता बिश्वकर्मा,अर्जुन कुमार थारु रहेका छन् । कार्यक्रममा पातन्जल योग समिति धरान नगरको कार्यलय उदघाट्न समेत भएको छ । 

भिडियो: