धरान: नेपाली कांग्रेसको भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नै माउ पार्टी नेपाली कांग्रेस नेतृत्वको केन्द्रीय सरकारविरुद्ध धरानमा प्रर्दशन गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य आकाशिएको र जनता मारमा परेको भन्दै विद्यार्थी र तरुणहरुले आज दिउँसो धरानमा सिट्ठी जुलुस निकालेका हुन् । सिंहदेवी चोकदेखि शुरु भएको जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी तरुण तथा विद्यार्थीहरुले सिट्ठी फुकेर सरकारको ध्यानाकर्षण गराएका थिए । 

tarun2

कोणसभालाई तरुण दल धरानका अध्यक्ष नरसिंह राई, नेवि संघका नेता दोर्ची शेर्पा र तरुण दल सुनसरी क्षेत्र नं १ का सचिव रोजन रनपहेलीले सम्बोधन गर्दै आयल निगमले बढाएको मुल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । उनीहरुले आफ्नै दलको नेतृत्वमा गठबन्धन सरकार भएपनि आम जनतालाई मारमा पर्ने गरि मुल्यवृद्धि भएकोले बाध्य भएर विरोधमा उत्रनुपरेको बताए । आयल निगमले मुल्य नघटाए वा सरकारले ध्यान नदिए अझै सशक्त आन्दोलन गर्ने पनि उनीहरुले चेतावनी दिए ।

भिडियो:

tarun3

tarun1

tarun

tarun4