धरान: धरानमा अब जथाभावी फोहोर गर्ने वा फाल्नेलाई जरिवाना गरिने भएको छ । 

मेयर हर्कराज राई (साम्पाङ)ले हङकङ नेप्लीज युथ, हङकङले दिएको डस्विन ग्रहण गर्दै फोहोर जथाभावी फाल्नेलाई कानुन वमोजिम कारबाही गर्ने जानकारी दिएका छन् । उनले जरिवानाबारे आज दिउँसो २ बजे हुन लागेको कार्यपालिका बैठकबाट निर्णय गर्ने पनि बताए । मेयर साम्पाङका अनुसार आजको कार्यपालिका बैठकमा जथाभावी फोहोर गर्ने वा फाल्नेविरुद्ध जरिवाना निर्धारण गर्ने एजेण्डा पनि राखिएको छ । 

dustbin1

मेयर राईले भानुचोक क्षेत्रमा राखिएको डस्बिनमा जथाभावी फोहोर फालेको र डस्विन पनि वेवस्ता गरिएकोले यस्तो निर्णय गर्न लागेको बताए । वातावरण तथा सरसफाई ऐन अन्तर्गत जरिवारना लगाउने एजेण्डा राखेको र निर्णय भएर पास पनि हुने उनले बताए । जरिवाना गर्न आफुहरुको रहर नभएको र जरिवाना नपर्न पनि उनले धरानबासीलाई आग्रह गरे । धरानलाई सफा राख्न कुनै पनि कसर बाँकी नराख्ने भन्दै उनले चेतना फैलाउने र नियमन गर्ने काम पनि अघि बढाउने बताए । 

हङकङ नेप्लीज यथुबाट डस्विन प्रदान

dustbin

हङकङमा रहेका नेपाली युवाहरुले मेयर साम्पाङको सफा धरान अभियानलाई सफल बनाउन डस्बिन प्रदान गरेका छन्  हङकङ नेप्लीज युथको तर्फबाट १५ वटा डस्विन प्रदान गरिएको हो । राज लिम्बुको रोहबरमा रकम संकलन गरेर डस्विन प्रदान गरिएको समन्वयकर्ता तथा सञ्चारकर्मी कमानसिंह याम्फुले जानकारी दिए । उनले नै मेयर साम्पाङलाई डस्बिन प्रदान गरेका थिए । 

मेयर साम्पाङले दाता संस्थालाई धन्यवाद पनि दिए । धरानलाई सफा, स्वच्छ र स्वास्थ्य बनाउने अभियान जारी रहेको पनि उनले बताए । धरानमा कोही मान्छे आउने बित्तिकै आहा कति सफा रहेछ भन्ने प्रभाव पार्न दिनरात कोसिस गरिरहेको पनि उनले बताए । 

भिडियो: