धरान: धरान १५ स्थित वमधारा खानेपानी मुहान संरक्षणका लागि बिहिबार ७ सय वटा फलफुलको विरुवा रोपिएको छ ।

     वमधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजना तथा धरान सरोकार समाज, लायन्स क्लव अफ पञ्चकन्या, गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपाल, नमुना श्रुती मार्ग टोल समितिको सहकार्यमा वृहत वृक्षरोपण कार्यक्रमको आयोजना भएको हो । वृक्षरोपण कार्यमा शिरिस, किम्वु, तितिरि, अमला सरिफा, वेल लगायतको फलफुलको विरुवाहरु रोपिएको छ।

जलवायु परिवर्तनले असर गरेको देशहरुमा विश्वमा नेपाल चौथोमा पर्ने वताउदै यसको न्युनिकरणको लागि वृक्षरोपण अभियान सुरु गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशीले बताइन । वनजंङ्गल, खोलानाला मासिदै गए पछि जंगलमा बस्ने पशुपक्षीहरु आफ्नो खेल्ने स्थान र आहाराको अभावले सहर पस्न थालेको भन्दै उनले यसको न्युनिकरणको लागि पनि वृक्षरोपणमा उनीहरुको आहार हुने गरि फलफुलको विरुवा रोपिएको जोशीले बताइन् ।

plantation2

वृक्षरोपण अभियानले जलवायु परिवर्तन न्युनिकरणमासंगै यस क्षेत्रको पानीको मुहान पनि संरक्षण हुने धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले बताए । उपभोक्ता समितिले दुई दशकदेखि यस क्षेत्रमा काम गर्दै आइरहेको छ । समितिले वमधारा नजिकैको सुवेदी टोलका एक सय परिवारलाई पानी वितरण गर्दै आइरहेको समितिका अध्यक्ष राजेन्द्र दर्नालले जानकारी दिए । गत वर्ष देखि भने समितिले आधिकारीक रुपमा संस्था नै दर्ता गराएर काम गर्दै आइरहेको पनि उनले बताए । 

plantation4

वृक्षरोपण कार्यक्रममा विरुवाका लागि भेन्चर वेस्ट टु इनर्जी प्रालिले आयोजकलाई मल प्रदान गरेको थियो । डिस्ट्रीक गभर्नर पिएमजिएफ ३२५ लायन धिरज गुरुङ्ग र धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले संयुक्त रुपमा विरुवा रोपेर वृक्षरोपण कार्य सुरु गरेका थिए । वृक्षरोपण कार्यक्रममा समाजसेवी सरला कायस्थ, लायन्स क्लव अफ पञ्चकन्याका अध्यक्ष एक्ता श्रेष्ठ, भेन्चर वेस्टका म्यानेजर मदन कृष्ण श्रेष्ठ, युवा समाजसेवी सम्राट श्रेष्ठ, लायन्स रेखा गुरुङ्ग एमजेएफ लगायतको उपस्थिति रहेको थियो । वृक्षरोपण कार्यका लागि एसएएस ट्रेनिङ्ग सेन्टरका प्रशिक्षार्थी र स्थानिय युवाहरुले श्रमदान गरेका थिए ।

plantation6

plantation1

plantation3

plantation