धरान: प्रहरीले धरानमा गुण्डागर्दी तथा हतियारले आक्रमण गरि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ । 

केही समय यता धरानमा गुण्डागर्दी बढेको संकेत दिएको प्रमुख घटनामा संलग्नहरुलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको हो । धरानमा गत असार ३० गते राती ७ बजेर २० गते टिकाराम राईसहित केही व्यक्तिहरुलाई धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा संलग्न टाउके भनिने सुरज राई, विदुर राई, पप्पु भनिने योगेश तामांग, कान्छा भन्ने निश्चल राई र रोजन लिम्बुलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका ५ सिंकुला भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३ थान घरेलु हतियार पनि वरामद भएको छ भने १० दिनको म्याद थप भएको पनि ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । 

crime1

यसैगरि, असार ३ गते राती साढे १० बजे धरान १८ स्थित वीपी सुन्दर बजारमा तीर्थबहादुर दाहाललाई घेरा हालेर मोवाइल, नगदसमेत लुट्नेमध्येका एक नकुल राईलाई साउन ४ गते बिहान धरान २० बाट प्रहरीले पक्राउ गरेको छ । उनलाई पनि जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको छ । 

यसैगरि, २०७८ साउन ११ गते धरान ११ का किरण तामांगलाई खुकुरी प्रहार गरि घाइते बनाएर फरार रहेका खरायो भनिने दिवस राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई पनि प्रहरीले धरान २० स्थित चाँदी बजारभन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । उनलाई पनि अदालतबाट ७ दिनको म्याद थप गरेको जानकारी ईलाका प्रहरी कार्यालय धरानले दिएको छ । 

crime2


भिडियो: