धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० वटा आइसियु बेड थपिने भएको छ । 

मेयर हर्क साम्पाङ शुक्रबार दिउँसो अनुगमनमा पुगेको बेला प्रतिष्ठानले यो जानकारी दिएको हो । मेयर साम्पाङले आइसियु बेडको माग अत्यधिक भइरहेको र प्रतिष्ठानले थप गर्ने जवाफ दिइरहेको कारण कामको प्रगति के कति भइरहेको छ भनेर अनुगमन गर्न पुगेको बताए । मेयर साम्पाङ अनुगमनमा पुगेपछि एसिस्टेन्ट डाइरेक्टर डा.लोकेस जयसवाल, डेपुटी डाइरेक्टर डा.इन्द्र लिम्बुलगायतका पदाधिकारी एवं कर्मचारीहरुले निर्माणाधिन आइसियु कक्ष र भइरहेको कामबारे जानकारी गराएका थिए । 

icu-bed

प्रतिष्ठानका अनुसार अहिले आइसियु बेड र आवश्यक अन्य सामग्रीहरुलाई सञ्चालनको लागि तयारी कार्य भइरहेको छ । अबको २ साताभित्र पुर्णरुपमा आइसियु बेड तयार हुनेछ भने आवश्यक जनशक्तिहरु पनि तयारीको प्रक्रिया शुरु भइसकेको एसिस्टेन्ट डाइरेक्टर डा.लोकेश जैसवालले जानकारी दिए । एउटा मुटुको अप्रेशनको लागि थप अप्रेशन कक्ष पनि निर्माण भइरहेको र यसले विरामीहरुलाई धेरै फाइदा पुग्ने पनि उनले बताए । 

भिडियो:

icu-bed1