धरान: मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको बताएका छन् ।

क्लिकधरानसँग मोवाइल सम्पर्कमा मेयर साम्पाङले आफुहरु समन्वय गरेर पीडितहरुलाई न्याय दिलाउन लागिरहेकै भएपनि दिनहुँ जसो घेराउ गर्ने, नाराबाजी गर्ने गरेको भन्दै असन्तुष्टी पनि जनाए । उनले भने,‘कामै गर्न नदिएपछि मैले भनेकै हो । घेराउ गरेको गरेकै, नारा लगाएको लगाएकै गर्ने । कार्मचारीलाई धाकधक्की पनि दिने । गालीगलौज पनि गर्ने, मुर्दावाद भन्ने गर्न थाले ।’

उनले पीडितहरुलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजिष्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहदा घेराउ, नाराबाजी र गालीगलौज भएको बताए । त्यसक्रममा आफुले हामीलाई सोधेर पैसा राखेको हो र ? भनेर प्रश्न गरेको उनले स्वीकार गरे । ‘हामीले सघाएकै छौं । म आउनुअघिका मेयरले के गरे ? प्रदेशबाट प्रतिनिधि झिकाएर बैठक बसिरहेकै थियो । पीडितहरुको माग वमोजिम निर्णय पनि भएकै छ,’मेयर साम्पाङले भने,‘ आज मेरो कार्यालयमा तोडफोड पनि भएको छ । म माथि आक्रमणको प्रयास भएको हो । उहाँहरुको तरिका भएन ।’

भिडियो:

भिडियो: