धरान: बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरानका मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन् । 

छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले उनीविरुद्ध नाराबाजी गरेका हुन् । वार्तामा बसेका पीडितहरुको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपुर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी दिएलगत्तै आक्रोशित पीडितहरुको समुह उनको कार्यकक्षतर्फ गएका थिए । त्यसक्रममा पीडित र प्रहरीबीच ठेलमठेल भएर स्थिति तनावग्रस्त भएको थियो ।

baraha2 1

पीडितहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन गरेनन् । थप अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा पनि घटनास्थल पुगेका थिए । 

साँझ साढे ६ बजेसम्म पनि मेयर साम्पाङले सम्बोधन नगरेपछि पीडितहरु घर फर्किएका थिए । उनीहरुले सोमबार पुनः ११ बजे उपमहानगरपालिका घेराउ गर्ने घोषणा गरेर फर्किएका छन् । पीडितहरु फर्किएपछि मात्र मेयर साम्पाङ उपमहानगरपालिकाको गाडीमा फर्किएका थिए । 

भिडियो: