झापा: झापाको दमकबाट अनलाईन गेमिङमार्फत पैसाको हारजित हुने गरी प्रतिबन्धित खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। 

पक्राउ पर्नेहरुमा दमक ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका ७ का २७ बर्षीय राजु श्रेष्ठ रहेका छन् । यस्तै, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सन्चालक कमल गाउपालिका २ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिश आर्मी ट्रेनिंग सेन्टरका सन्चालक दमक ८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् । गोप्य सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटी समुह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार दमकबाट पक्राउ गरेको हो । 

पक्राउ परेका चारै जनालाई सोमवार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजानिक गरेको छ। पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृतरुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित ज्ञहद्यभत बउउष्अिबतष्यल द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने इसेवा खाता खोलेर लाखौंको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । 

police-red1

यस्तै, कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइइको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट प्रयोगमा ल्याईएका एनसेलका सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवायल, ल्यापटप ४ थान, प्रजापति सापकोटा वल्र्ड चियरमेन दमक २ लेखिएको स्ट्याम्प १ थान, हेड टिचर  लेखिएको स्ट्याम्प १ थान, डिक बहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान, मादी नगरपालिका ३ नम्बर वडा कार्यालय संखुवासभा लेखिएको स्ट्याम्प १ थान, ग्लोबल एजुकेशन एकेडेमी लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान , नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान , नेप्लिज आर्मी रेकर्ड अफिस २०४३ लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ । पक्राउ परेका समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।