धरान: छिमेकी मुलुक भारतको असम राज्यबाट एक टोली सद्भावना नेपाल यात्राको क्रममा धरान आइपुगेका छन् । 

असम राज्यको कर्बि अङलङका आदिबासीहरु धरान आइपुगेका हुन् । उनीहरु आफ्नो पुर्खाको सँस्कार अनुसार संखुवासभा जिल्लामा हिमाल देख्ने ठाउँमा पूजा गरिसकेर धरान फर्किएका थिए । त्यसक्रममा सोमबार धरानमा उनीहरुलाई किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले भव्य स्वागत गरेको थियो । 

assam8

धरान १२ बसन्त स्मृति भवनबाट यायोक्खाको टोलीले साँस्कृतिक झाँकीसहित असमको टोलीलाई र्याली निकालेर पुरानो ट्राफिक कार्यालयसम्म लगेको थियो । त्यहाँबाट गाडीमार्फत धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा लगिएको थियो । पार्कमा असमको कर्बि र राई जातिबीच सँस्कृति आदनप्रदान गरिएको थियो । यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले आदिबासी जनजातिहरुको भाषा, सँस्कृति जोगाएर पुस्तान्तरण हुनुपर्छ भन्ने सन्देश दिएको बताए । 

मेयर हर्क साम्पाङले असमका नागरिकहरु पनि आफुहरुजस्तै देखिने र सँस्कृति पनि उस्तै लागेको बताए । प्रा.डा.टंक न्यौपानेले नेपाल र असमबीचको सम्बन्ध बढ्दै गएकोले साहित्यिक, साँस्कृतिक र नेपाल, भारतका आदिबासी जनजातिबीचको सम्बन्धबारे अन्र्तक्रिया गर्ने प्रयास भएको बताए । 

भिडियो:

भिडियो:


assam7

assam5

assam4

assam3

asam1

asaam2