धरान: धरानका विभिन्न ४ वटा वडामा ९ सय भन्दा बढी घरपरिवार हाइटेन्सनबाट पीडित छन् । 

नेपाल विद्युत प्राधिकरणको ३३ केभि प्रसारणलाइनको कारण ज्यानसमेत जोखिममा भएको पीडितहरुको भनाई छ । करेन्ट लागेर केहीले ज्यानसमेत गुमाईसकेको हाइटेन्सन पीडित पहल समितिका सदस्य रुपेश मास्केले जानकारी दिए । उनका अनुसार २०७४ सालदेखि पीडितहरुले पहल समिति बनाएर हाइटेन्सन लाइनलाई स्थानान्तरण गर्न दबाब दिइरहेको छ । तर, अहिलेसम्म माग पुरा भएको छैन । 

मानव वस्ती बढ्दै गएकोले मानवीय क्षति पनि बढ्ने जोखिम भएको कारण स्थानान्तरण गर्न माग गरिएको पहिल समितिले जनाएको छ । सबैभन्दा बढी वडा नं ४, १३ र १४, १५ प्रभावित छ भने मानवीय क्षति बढी हुने जोखिम वडा नं १५ मा भएको पनि मास्केले जानकारी दिए । ‘मान्छेको ज्यानै पनि गएको छ, करेन्ट लागेर अंगभंग पनि भएको छ,’उनले भने,‘मानव वस्ती धेरै भइसकेकोले स्थानान्तरण गरिनुपर्छ भनेर माग गरेका छौं ।’

hitention1

विजयपुर डाँडाबाट खत्रीधारा हुदै सेउती किनार हुदै वस्तीबाट दुरीमा राखेर हाइटेन्सन लैजान प्रस्ताव गरिएको पहल समितिले जनाएको छ । प्राधिकरणको प्रदेश कार्यालयबाट पनि आएर स्थलगत अवलोकन गरेको र करिडोर बनाइदिए स्थानान्तरण गर्ने आश्वासन दिएकोले स्थानीय सरकारसँग यसबारेमा माग गरेको पनि मास्केले बताए । 

पीडितहरुको माग र समस्याको व्यवस्थापन गर्न मेयर हर्क साम्पाङ शुक्रबार राजनीतिक दलका नेताहरुसहित स्थलगत अवलोकनमा पुगेका थिए । मेयर साम्पाङले समस्याबारे आफु गम्भीर रहेको र स्थानान्तरणको लागि पहल गर्ने बताए । उनले धनकुटा लगिएको हाइन्टेन्सनले धरानका जनताको ज्यान जोखिम हुन नदिन आफु गम्भीर रहेको बताए । पीडित प्रेमबहादुर खापुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पुगेर आफुहरुको समस्या सुनाएको र अब समस्या समाधान हुने आशा व्यक्त गरे । 

भिडियो:

hitention2