धरान : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले शनिबार ब्लाक हक राइडर्स मिट २०७९ को अवलोकन गरेका छन्। 

धरान १९ स्थित हरियाली वन समुहमा पुगेर उपमेयर बेघाले नेपालका विभिन्न सहरबाट आएका र भारतको सिक्किम, दार्जिलिङ, असमलगायत क्षेत्रबाट आएका बुलेट राइडर्सहरुलाई भेट गर्दै स्वागत समेत गरेका थिए । उनले राइडर्स मिटले देश र विदेशका राइडर्सहरुलाई धरानसँग जोडेको र पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण टेवा पुगेको पनि प्रतिक्रिया दिए । 

riders1

‘यो कार्यक्रमले सिक्किमदेखि देशभरिका राइडरहरुलाई जोडेको पाएँ । जंगल बसाई पनि गज्जब लाग्यो । यही बस्ने, खाने व्यवस्था मिलाइएको रहेछ,’उपमेयर बेघाले भने,‘यो कार्यक्रमले साँस्कृतिक सम्बन्ध विस्तार हुन्छ । सिक्किम, काठमाण्डौं, झापा, भारतको थुप्रै राइडर आउनुभएको रहेछ । साँस्कृति आदनप्रदान, भावनात्मक सम्बन्ध विस्तार हुन्छ । धरानलाई व्यापक, वृहत प्रचार गरेको अनुभूति गरेको छुँ ।’

उपमेयर बेघाले नयाँ सन्देश दिइरहने यस्ता कार्यक्रम धरानले आयोजना गर्नुपर्ने पनि बताए । ‘पर्यटनको व्यापक प्रचार भइरहेको छ । यहाँ देखाइने झाँकीले, सँस्कृतिले र यहाँ गरिने व्यवहारले सँस्कारको प्रचार हुन्छ । भौगोलिक अवस्थितिको पनि प्रचार भएको छ,’उनले भने,‘यस्तो कार्यक्रम धरानले गर्नुपर्छ ।’

विजयपुरका मठमन्दिरमा पुगे राइडर्स

riders3

राइडर्स मिटमा आएका देश तथा विदेशका बुलेट राइडर्सहरुले शनिबार बिहान धरानको परिक्रमा गरेका छन् । त्यसक्रममा उनीहरु धरान १४ विजयपुरस्थित मठमन्दिरहरुमा पनि गएका थिए । राइडर्सहरुलाई वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईसहित जनप्रतिनिधि र स्थानीयहरुबासीले भव्य स्वागत गरेका थिए । 

riders4

वडाअध्यक्ष भट्टराईले राइडर्सहरुको अलग अलग क्लब हुने र कडा अनुशासनमा हिड्ने गरेको सुन्दा खुशी लागेको बताए । उनले विजयपुरको महत्व झल्काउने पुस्तक उपहार दिइएको पनि उनले बताए । राइडर्सहरुसँग आफु पनि प्रभावित भएको भन्दै धरानको पर्यटन प्रर्वद्धनमा पनि मद्दत पुग्ने उनले बताए । 

केलाङ, साकेला र लाखे नाच प्रस्तुत

riders2

राइडर्स मिटमा शनिबार साँस्कृतिक झाँकी पनि प्रदर्शन भएको थियो । बिहान लिम्बु जातिको मौलिक सँस्कृति च्याब्रुङ(केलाङ) प्रस्तुत गरिएको थियो भने बेलुकी राई जातिको साकेला नाच र नेवार जातिको लाखे नाच पनि प्रस्तुत गरिएको थियो । 

भिडियो: