धरान:श्रमदानमार्फत धरान ११ स्थित स्वास्तिका चोकमा १० इञ्च पाइपबाट पानी ल्याइएको छ । 

सर्दु, खर्दु र निशाने खोलामा तीन साता चलेको श्रमदानमार्फत आज (आइतबार) स्वास्तिका चोकमा पानी खसाल्न सफल भएको हो । मेयर हर्क साम्पाङले स्वास्तिका चोकमा रहेको पानीट्यांकीमा यो पानी मिसाउने बताएका छन् । पानी आउने खबरले आइतबार दिउँसो थुप्रै मानिसहरु हेर्नको लागि भेला भएका थिए । पाइपबाट पानी खसेपछि बालबालिका, युवा, महिला, वृद्धवृद्धाहरु नुहाएर खुशी मनाएका थिए ।

swastika3

मेयर साम्पाङले सफलताको श्रेय श्रमदान गर्ने, आर्थिक सहयोग गर्नेहरुको भएको बताए । उनले सहयोगी सबैप्रति आभार पनि प्रकट गरे । यो योजनापछि अब अर्को खानेपानी योजना शुरु गर्ने पनि मेयर साम्पाङले बताए । आज निशानेबाहेक सर्दु र खर्दुको मात्र पानी ल्याएको पनि उनले जानकारी दिए । 

हाल निशाने, सर्दु दोभानमा पानीट्यांकी निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न भएपछि उक्त ट्यांकीबाट १० इञ्च पाइपमार्फत स्वास्तिका चोकसम्म पानी आउने मेयर साम्पाङले बताए । अहिले भने खोलाको पानी सिधै पाइपमार्फत आएको हो । ट्यांकी निर्माण भइसकेपछि पानी फिल्टर भएर आउनेछ । 

भिडियो:

swastika12

swastika2

swastika6

swastika10

swastika5

swastika4

swastika1