धरान: धरान उपमहानगरपालिकाले धरानको मासु पसलहरुको अनुगमन गरेको छ ।

चाडपर्वमा मासु धेरै खपत हुने भएको र उपभोक्तालाई स्वास्थ्यकर उपलब्ध गराउन अनुगमन गरिएको अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार माछाभौडीदेखि बुढासुब्बा चोकसम्म अनुगमन गरिएको थियो । ‘१० वटा मासु पसलको अनुगमन गरियो । धेरै फोहोर तरिकाले राखिएको थियो । फ्रिजमा पनि राम्रो मासु थिएन । दर्ता नभएको पसल पनि भटियो,’उनले भने ।

सापकोटाका अनुसार एउटा पसललाई फ्रिज सफा गरेको फोटो खिचेर २ दिनभित्र दर्ता प्रमाणपत्रसहित उपस्थित हुन निर्देशन दिइएको छ । अन्यलाई भने सुझाव पत्र दिइएको पनि उनले बताए ।