धरान: मेयर हर्क साम्पाङ र उनको टिमलाई शिवजट्टाको मुहानबाट पानी ल्याउन स्थानीय उपभोक्ताहरुले अवरोध गरेका छन् ।

मेयर साम्पाङले आजदेखि शिवजट्टाबाट वडा नं १५ को लागि पानी ल्याउने कार्यको शुरुवात गर्ने भन्दै श्रमदानको आह्वान गरेका थिए । तर, उक्त क्षेत्रबाट वडा नं ४ र १४ का बासिन्दाहरुले उपभोक्ता समिति बनाएर पानी ल्याएको र आफुहरुको मुहान सुक्ने भन्दै विरोधमा उत्रिएका हुन् । यसअघि पनि स्थानीयबासीले जनप्रतिनिधिसहित मेयर साम्पाङलाई भेटेर माथिल्लो मुहान क्षेत्रबाट पानी नल्याउन आग्रह गरेका थिए । उनीहरुले भालु खोलाबाट पानी लैजान आग्रह गर्दै त्यहाँको काममा आफुहरु पनि श्रमदान गर्न आउने बताएका छन् ।

pani

स्थानीयबासीहरुले शिवधारा क्षेत्रमा नै बाटो छेकेर आज अवरोध गरेका हुन् । आवश्यक पर्ने सामग्री लिएर जाने गाडीलाई अवरोध गर्न उनीहरु पुगेका थिए । वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई र वडा ४ का धनकुमार कुलुङ राई पनि विरोधमा पुगेका थिए । केहीबेर स्थानीय उपभोक्ता र मेयर साम्पाङको समर्थकबीच चर्काचर्की पनि परेको थियो । 

मेयर साम्पाङ पनि आएपछि स्थानीयले उनलाई घेराउ गर्दै असन्तुष्टी जनाए । विवाद चर्कने स्थिति भएपछि मेयर साम्पाङले वडाअध्यक्ष र उपभोक्ता समितिका प्रतिनिधिहरुलाई कार्यकक्षमा छलफलमा बोलाएपछि स्थिति साम्य भएको थियो । यद्यपी, स्थानीयले एक टोलीलाई छलफलमा पठाएर शिवधारामा यथावत बसेका थिए । 

pani1

भिडियो: