विराटनगर: १७ बर्षीय युवकको अपहरण पछि हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । 

दुई दिनअघि सिरहा गोलबजार ३ का १७ बर्षीय अंशु सदाको अपहरण भएको थियो । उनलाई विराटनगर ११ स्थित न्यु अप्सरा गेष्टहाउसमा हत्या गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । उनको अपहरण गरि हत्या आरोपमा धनुषाको कमल नगरपालिका ६ का १८ बर्षीय राकेश ठाकुर, १८ बर्षीय विसु भनिने प्रशान्त मण्डल र मोरङ रतुवामाई नगरपापिलका ५ का २६ बर्षीय मनोज कार्की पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुसँग हत्या गरिएका सदाको चिनजान भएको प्रहरीले जनाएको छ । एक जना फरार छन् ।

प्रहरीका अनुसार मृतक गायब भएपछि आमाले प्रहरीमा निवेदन दिएकी थिइन् । अपहरणकारीहरुले सदालाई विराटनगर ल्याएका थिए भने परिवारसँग १ लाख फिरौती मागेको बताइएको छ । प्रहरीले फिरौती मागेको थाह पाएपछि १० हजार पठाइदिन भनेको थियो । उक्त रकम लिन गएको बेला अपहरणकारीहरु पक्राउ परेका थिए ।