धरान: गए राती साथीसँगै बस्ने भनेर गएका एक युवा धरान ८ स्थित तीनढ्वांगे खहरेमा मृत फेला परेका छन् ।

धरान ८ अरुण टोलस्थित खहरेमा करिब २२ बर्षीय दिपेश खान मृत भेटिएका हुन् । उनी सानीआमाको घरमा बस्दै आएका थिए । उनको शव घरअघि खहरेमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको हो । स्थानीयले बिहानै करिब ६ बजेतिर शव देखेपछि प्रहरीमा खबर गरेको स्थानीय मेनका तामाङले जानकारी दिइन् । 

dead2

सानीआमा शान्ति राईका अनुसार आमाको मृत्यु भएको र बुबाले पनि कान्छी बिवाह गरेपछि दिपेश उनीसँगै बस्दै आएका थिए । हिजो राती खाना खाइसकेर साथीको घरमा सुत्ने भनेर गएका दिपेश राती साथीसँगै घरमा आएको उनले बताइन् । राती करिब १२ बजेसम्म साथीसँगै घरमा भएको उनले बताइन् । प्रहरीले मृतकको साथीसँग सोधपुछ पनि गरिरहेको छ । 

प्रहरीले घटनाको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेको छ । प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले पोष्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानबाट नै यथार्थ आउने बताए । 

dead1

भिडियो: