धरान: धरानको वडा नं ८ का जनप्रतिनिधिहरुले अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याएका छन् । 

वडा ८ का अध्यक्ष धनबहादुर राईसहित जनप्रतिनिधि र ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले शुक्रबार १८ जना अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । वडाअध्यक्ष राईले आफुले गएको निर्वाचनमा घोषणापत्रमा नै अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमा भत्ता पुर्याउने उल्लेख गरेको र सोही अनुसार अहिले वितरण गरेको बताए । पहिलो दिन १८ जनालाई घरमा पुगेर वितरण गरिएको भन्दै उनले अब नियमितरुपमा नै बैंकसँग सहकार्य गरेर वितरण गरिने बताए ।

bhatta,; 1

घरमा नै भत्ता आइपुगेपछि अशक्त, अपांग ज्येष्ठ नागरिकहरु हर्षित भएका छन् । बैंकमा जान नपर्ने भएपछि उनीहरुले जनप्रतिनिधि र बैंकका प्रतिनिधिलाई धन्यवादसमेत दिएका थिए । वडाअध्यक्ष राईका अनुसार अशक्त, अपांग ज्येष्ठ नागरिकहरुको संख्या १२ सय भन्दा बढी भएको तर पहिलो चरणमा १८ जनाको नाम आएको उनले बताए । 

भिडियो:

bhatta 2

bhatta' 3