धरान: सुनसरीमा मंसिर ४ गते हुने निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मको लागि मदिरा बेच्न र सेवन गर्न प्रशासनले निषेध गरेको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय भएको हो । 

अब निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मको लागि जिल्लाभर मादकपदार्थ ओसारपसार, बिक्रीवितरण र सेवन कार्य निषेध गरिने प्रशासनले जनाएको छ। 

cdo-notice