मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छन् । चुनावी प्रसारप्रसारको क्रममा घरदैलो अभियानमा ब्यस्त रहेका मेन्याङ्बो यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेद्वार थिए । यसपाली नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलहरुसँगको गठबन्धनले गर्दा जित हुनेमा ढुक्करहेका मेन्याङ्बोसँग संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ:

 प्रश्न: तपाईको प्रमुख  एजेण्डाहरु के के छन् ?

उत्तर: प्रमुख एजेण्डाको रुपमा लोकतन्त्र, संविधान र यो व्यवस्थाको रक्षा मुख्य एजेण्डा हुनेछ । यो हाम्रो राष्ट्रिय एजेण्डा बनेको छ, र हाम्रो गठबन्धन पनि यही लक्ष्यको लागि बनेको हो । 

दोस्रो, यो क्षेत्रको लागि यहाँको खानेपानीको समस्या समाधान मेरो मुख्य एजेण्डा बनेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहजीकरण गर्दै प्रदेश सरकार र संघीय सरकारको पहलबाट खानेपानीको समस्या दीर्घकालिनरुपमा समाधान गर्ने रहनेछ । 

धरान आफैमा पुरानो सहर हो, तर मृतजस्तो बन्न पुगेको छ । यसलाई नयाँ जीवन दिनको लागि खसगरि किमाथांका, धरान हुदै जोगवनी जाने त्रिदेशीय मार्ग छ, यो अन्तराष्ट्रिय सडक पनि हुन्छ । यसले तीन वटा देशलाई जोड्छ । अर्को ओलाङ्चुङगोला, तमोर करिडोर हुदै जोगवनी जाने बाटो पनि छ, यो बाटोलाई समयमा नै सम्पन्न गर्ने मेरो लक्ष्य रहेको छ । 

यसको साथसाथै पुर्वपश्चिम मदन भण्डारी राजमार्गलाई पनि सम्पन्न गर्ने र यो क्षेत्रलाई क्षेत्रीय सडक सञ्जालबाट जोड्ने । बक्लौरी, भरौल, धरानलाई जोड्ने । अर्कोपट्टी पर्यटकीय बाटाहरु पनि छन्, जस्तो चतरा सुर्यकुण्ड हुदै चियाबारी, विष्णुपादुका मन्दिर हुदै धरान जोड्ने । यसो गर्दा यो एउटा सडक नेटवर्कबाट जोडिन्छ, र यो क्षेत्रको विकासको लागि पर्यटन प्रर्वद्धन गर्नको लागि एउटा पुर्वाधार निर्माण हुन्छ । यो क्षेत्र आफैमा ऐतिहासिक प्राचीन क्षेत्र छ, जस्तो बराहक्षेत्र मन्दिर छ, विष्णुपादुका मन्दिर छ, सुर्यकुण्ड छ । रामधुनी पनि जोडिएको छ । यता विजयपुर, पिण्डेश्वरी, बुढासुब्बा छ । यी सबै हेर्हा ऐतिहासिक, प्राचीन क्षेत्र भएकोले यहाँ ठुलो मात्रामा देशभित्र र बाहिरका पर्यटक भित्र्याउने प्रचुर सम्भावना छ । त्यसको निम्ति पहिलो पुर्वाधार हो, सडक नेटवर्कले जोड्ने कुरा । त्यसपछि अन्य क्रमशः गर्दै जादा यो क्षेत्र पर्यटनको हब बन्छ । 

mukesh-menyambo

यहाँ साँस्कृतिक पर्यटनको केन्द्र पनि बन्नसक्छ । नेपाली समाजको सबै पहिचान र मौलिकता देख्न सकिने ठाउँ बनाउन सकिन्छ । एउटा साँस्कृतिक प्रर्दशनी केन्द्र बनाउन सकिन्छ । शैक्षिक केन्द्र बनाउन सकिनेछ । शैक्षिक संस्थाहरुको पुर्नसंरचना र थप विकास गर्नुपर्ने देखेको छुँ, मेरो त्यसमा पहल हुनेछ । वीपी प्रतिष्ठानको अराजकता, कुशासन र भ्रष्टचारलाई रोक्ने । केन्द्रबाटै बिशेष योजना बनाएर यो क्षेत्र, १ नम्बर प्रदेश र देशकै मात्र होइन, एसियाकै राम्रो शैक्षिक स्वास्थ्य संस्था बनाउन बिशेष पहल हुनेछ । 

पुर्वाधारकै कुरा गर्दा धरान लेउती सुरुङ मार्ग बिशेष प्राथमिकता हुनेछ । समय पनि बच्छ, खर्च पनि बच्छ । यो अपरिहार्य छ । त्यहाँ हामी साधन कुदाउन सक्छौ, सिचाईको लागि नहर ल्याउन सकिन्छ, खानेपानीको समस्या हल हुनसक्छ । धरान लेउती सुरु ङमार्ग बनाउन बिशेष पहल हुनेछ । 

यसको साथसाथै चतरा, बराहक्षेत्र मन्दिर हुदै सुर्यकुण्ड, भेडेटार, विष्णुपदुका मन्दिर फोकस गरेर एउटा केवलकारको व्यवस्थापन गर्न सक्यौं भने निजी वा सरकारको तर्फबाट बनाउन सक्यौं भने पर्यटकहरु आएर धार्मिक, ऐतिहासिक अध्ययन गर्ने र रमाउने वातावरण बन्नसक्छ । 

प्रश्न: तपाईले जित्ने आधार के के छन् ?

उत्तर: अहिले हामी प्रतिस्पर्धामा छौं । दलगत, गठबन्धन र स्वतन्त्र पनि छन्, यो लोकतन्त्रको सुन्दर पक्ष हो । खास गरि यो क्षेत्रका जनताले नयाँ पात्र खोजेका छन्, युवा खोजेका छन्, अनटेष्ट खोजेका छन्, फ्रेस खोजेका छन् । त्यो मानेमा म लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेद्वार हो । यहाँ नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ, माओवादी पार्टीको त उम्मेद्वार नै हो । यो क्षेत्रको जनताको चाहना युवालाई अवसर दिनुपर्छ, युवा आउनुपर्यो देश बनाउन भन्ने छ । त्यो मानेमा पनि यो क्षेत्रको जनताको चाहना, आकांक्षा अनुसार मेरो उम्मेद्वारी छ । मलाई पुर्णविश्वसा छ, यो क्षेत्रको जनताले यसपटक म जस्तो युवालाई जिताउनुहुनेछ, र म जनताको सेवामा निरन्तर खटिरहनेछुँ । 

अर्कोपट्टी, प्रतिद्धन्दी जसपा एमालेको गठबन्धन छ, मेरो प्रतिद्धन्दी उहाँहरु नै हो । एमाले जसपाको आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वार मनोजकुमार मेन्याङ्बो आउनुभएको छ, यसले त सिधै देख्छांै त्यहाँ दुईधार देखिन्छ । यी सबै हेर्दा मेरो जित सुनिश्चित छ । 

mukesh1

प्रश्न: विगतको चुनावी प्रचारप्रसार र अहिलेकोमा के फरक पाउनुभएको छ?

उत्तर: निर्वाचन आयोगले आचारसंहिता बनाएको छ, कम खर्च गर्नुपर्यो, प्रचार टिम ठुलो बनाउनुभएन भनेर कडा गरेको छ । तै पनि सामाजिक सञ्जालमार्फत विभिन्न ढंगले प्रचार भइरहेको छ। खासै अन्तर छैन । निर्वाचन आयोगले अलिकति कडाई गर्न खोजेको छ, यो राम्रो पाटो पनि हो । 

प्रश्न: चुनावमा उम्मेद्वारको धेरै खर्च हुन्छ भनिन्छ, हेर्दा त्यस्तो पनि देखिन्छ, तपाईको कति खर्च हुदैछ ?

उत्तर: त्यति धेरै खर्च भएको छैन । मेरो २७ वटा वडामा कार्यालय उद्घाटन भएको छ । एउटा बोर्ड राखेका छौ । एउटा टेवल र २, ४ वटा कुर्सी राखेका छौं, त्यति धेरै खर्च छैन । अर्को सामान्य निर्वाचन प्रचारको सामाग्री छापेका छौं, पोष्टर पम्प्लेट र नमुना मतपत्र छापेका छौं । अरुतिर त्यति खर्च भएको छैन । एउटा, दुइटा गाडी कुदाएका छौं, झण्डा राखेका छौं । त्योभन्दा धेरै खर्च भएको छैन । बाहिर मिडियामा आएको जस्तो छैन । 

खर्चले पैसाले होइन, एजेण्डाले र पात्रले जित्ने हो । त्यसैले मलाई पुर्णविश्वास के छ भने लोकतान्त्रिक बाम गठबन्धन लोकतन्त्रको रक्षाको निम्ति, संविधान रक्षाको निम्ति र यो व्यवस्था रक्षाको निम्ति बनेको हुनाले हाम्रो गठबन्धनलाई जिताउनुहुनेछ । दोस्रो यो क्षेत्रको भलाईको लागि जे मुद्दा उठाएको छुँ, कुनै पनि प्रतिद्धन्दी दलको टिप्पणी गरेको छैन । खाली मेरो पालामा म निवार्चित भएपछि यो गर्छु भनेको छुँ, मेरो मुद्दा र भिजन प्रष्ट छ, त्यषे कोणबाट यहाँको जनता सचेत छन्, एजेण्डा, मुद्दा र पात्र हेरेर जनताले मतदान दिनुहुनेछ भन्ने लाग्छ ।