धरान: सुलिकोट धरानको वडा नं २० मा पर्छ । विजयपुर राज्यको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ भएपनि यो ओझेलमा छ ।

दुर्गम पहाडी क्षेत्र भएको कारण धरानेहरु आफै पनि यो ठाउँसम्म हत्तपत्त पुग्दैनन् । तर, जो जो पुग्छन्, यहाँबाट देखिने दृष्यावलोकनले मोहित भएर फर्कन्छन् । प्रकृतिसँग लुकामारी गरेर आउछन् । हामी सुर्योदय हेर्न अन्यत्र धाउछौं, तर यहीबाट बिहानै सुर्योदयको सुन्दर दृष्य हेर्न सकिने रहेछ । बिहानै त्यहाँ पुग्नुपर्छ । यसको लागि एउटा पदमार्ग रुट वा प्याकेज नै बनाउदा उपयुक्त हुने रहेछ । 

sulikot1

एक रात चिण्डे डाँडा आसपासमा होमस्टेको व्यवस्था गर्ने । भोलीपल्ट बिहानै सुलिकोटमा पुगेर सुर्योदय हेर्ने । त्यसपछि त्यहाँमा मास्तिर माने डाँडा छ । त्यहाँबाट केही पश्चिम बौद्ध ध्यान केन्द्र बनेको छ । आकाश खुलेपछि त्यहाँबाट हिमश्रृंखला पनि देखिन्छ । त्यसपछि बंशिला गाउँ हुदै विष्णुपादुका मन्दिर दर्शन गर्न झर्ने । अनि, भञ्ज्यांग हुदै गोर्खा स्मृति पार्क पुग्ने । यो रुटको पदमार्ग धेरै राम्रो हुने रहेछ । स्थानीय कृषि उपजहरु के के पाइन्छ, त्यो पनि थाह पाइने । अर्गानिक खानेकुरा पाइन्छ । यसतर्फ सम्बन्धित निकाय, स्थानीय सरकारले ध्यान दिनुपर्छ । 

sulikot2

sulikot3

sulikot4

sulikot5

sulikot6

sulikot7