धरान: भारतसँग सीमा जोडिएका सुनसरी जिल्लाको सम्पुर्ण सीमा नाकाहरु तीन दिन बन्द रहने भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न भारतसँगको सीमा नाका तीन दिन बन्द गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवा यादवका अनुुसार मंसिर १ गते मध्यराती १२ बजेदेखि मंसिर ४ गते राती १२ बजेसम्म सम्पुर्ण सीमा नाकाहरु बन्द गरिनेछ । 

cdo-notice 1