धरान: शान्तिपुर्णरुपमा मतदान भइरहदा आज दिउँसो धरानमा भने शंकास्पद बस्तु फेला परेको छ ।

धरान १४ विजयपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तुलाई नेपाली सेनाको पुर्वी पृतनाबाट आएको टोलीले डिस्पोज गरेको छ । उक्त शंकास्पद वस्तु सेतो हटकेस रहेको र त्यसमा धुँवासमेत उडिरहेको स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । नेपाली सेनाको टोलीले उक्त वस्तु भेटिएको चारै तिरको बाटो सिंहदेवी चोकदेखि मास्तिर विजयपुर चोक जानेआउने बाटोमा आवातजावत रोकेर डिस्पोज गरेको थियो ।

bomb2

उक्त हटकेसभित्र कुनै विष्फोटक पदार्थ भने नरहेको र त्रास फैलाउनको लागि मात्र राखिएको सुरक्षा अधिकारीको भनाई छ । यद्यपी मेजरको कमाण्डमा डिस्पोजमा खटिएको नेपाली सेनाको टोलीले भने औपचारिकरुपमा त्यसबारे जानकारी दिएन । 

भिडियो: