धरान: कुटपिट भएको महिना दिनपछि उपचारको क्रममा मृत्यु भएकी उषा राईको शनिबार राती अन्त्येष्टी गरिएको छ । 

न्यायको लागि भन्दै आन्दोलनरत पक्ष र परिवारबीच लाश जिम्मा लिने कि नलिने रस्साकस्सीले शनिबार दिनभर वीपी प्रतिष्ठानको मर्चरी परिसर तनावपुर्ण बनेको थियो । केही पक्षको विरोध भएपनि परिवार तथा आफन्तजनले मृतक राईको लाश पोष्टमार्टम गर्ने सहमति दिएको थियो । पोष्टमार्टम गरेपनि लाश उठाउन नदिने भन्दै केही महिलाहरुको समुहले निरन्तर विरोध गरिरहेका थिए । तर, परिवार पक्षले पोष्टमार्टम गरेपछि अन्त्येष्टी गर्ने र त्यसपछि पनि दोषीहरुलाई कारबाहीको लागि निन्तर खबरदारी गर्ने भन्दै शव जिम्मा लिएर अन्त्येष्टी गरेका हुन् ।

usha

मृतक राईको शव शनिबार राती नै धरानको खत्रीधारास्थित दाहसँस्कारस्थलमा अन्त्येष्टी गरिएको छ । धनकुटाको शहिदभुमी गाउँपालिका घर भएकी उषा धरान १३ मा डेरा गर्दै बसिरहेकी थिइन् । श्रीमानको करिब १ बर्षअघि मृत्यु भएको थियो । त्यसपछि उनी डेरा सरेर सुर्य मार्ग आएकी थिइन् । उनको २ जना छोरी छन् । 

धरान १३ कै उर्मिला राईले आफ्नो श्रीमान् गोविन्दसँग नजिकिएको भन्दै उषा राईलाई कुटपिट गरेकी थिइन् । आफन्तजन र अन्य महिलाहरु लिएर उषाको सिलाई पसलमा पुगेर जथाभावी कुटपिट गरेका थिए । 

कान्छी छोरीलाई निःशुल्क पढाइ दिने

usha1 1

धरानकै सरस्वती इङ्लिस बोर्डिङ स्कुलका निर्देशक तथा प्रिन्सिपल बमबहादुर विश्वकर्माले मृतक उषा राईको कान्छी छोरीलाई निःशुल्क पढाउने भएका छन् ।

पोष्टमार्टम पश्चात शव उठाउन दिने कि नदिने भन्ने छलफलमा सहभागी शिक्षासेवी विश्वकर्माले यो प्रतिवद्धता जनाएका थिए । मृतक उषाको जेठी छोरी गत बर्षदेखि उनको स्कुलमा शिक्षिका छिन् । ‘कान्छी छोरीलाई मेरो स्कुलमा जति कक्षा सञ्चालनमा छ, त्यतिसम्म निःशुल्क पढाउने प्रतिवद्धता जनाएको छुँ,’विश्वकर्माले भने,‘जेठी छोरी स्मृति पनि मेरो स्कुलमा पढाउछिन्, पढ्दै पनि छिन् । उनलाई पनि थप के साथ, सहयोग गर्नुपर्ने हो, गर्छु ।’

भिडियो: