धरान: स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चर्को ध्वनीसहित सडकमा गुड्ने बुलेट बाइक र क्रसफायरलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । 

कम्पनीले बनाएको साइलेन्सर परिवर्तन गरि चर्को आवाज निकाल्दै गुड्ने बुलेट र क्रस फायर बाइकबारे धेरै जनगुनासो आएपछि धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले कारबाही थालेको हो । पहिलो चरणमा मोडिफाइ गरेको साइलेन्सर पाइप हटाएर कम्पनीकै हाल्न लगाएर चेतावनीसहित छोडिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख श्यामकुमार बस्नेतले बताए । 

bullet

उनका अनुसार मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई ५ हजारसम्म जरिवाना गर्ने यातायात व्यवस्था ऐनमा व्यवस्था छ । त्यो भन्दा बढी कारबाही गर्नुपरे यातायात व्यवस्था कार्यालयमा पठाइने पनि उनले बताए । अहिले पहिलो पटक चेतावनी दिने र तत्काल कम्पनीकै साइलेन्सर जोडेर पठाइएको पनि बस्नेतले बताए । ती सबै मोटरसाइकलहरुको रेकर्ड राखिएको र अर्को पटक पुनः मोडिफाई गरिएको भेटिए जरिवाना तिराउने बस्नेतले जानकारी दिए । 

bullet1

वृद्धवृद्धा, विरामीहरुलाई चर्को आवाजले असर पुग्ने र चर्को ध्वनी प्रदुषण पनि हुने भएकोले अभियान जिल्लाव्यापी गरिएको उनले बताए । कारबाहीमा पर्नुभन्दा अगावै मोटरसाइकल चालकहरुले मोडिफाई गरेको आफ्नो मोटसाइकलको स्वरुप कम्पनीले बनाएकै हालेर चलाउन पनि उनले आग्रह गरेका छन् । 

भिडियो: