धरान: तामाङ समुदायको नयाँ बर्ष २८५९ औं सोनाम ल्होसार आइतबार धरानमा पनि धुमधामले मनाइएको छ । 

नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित कार्यालय परिसरमा विविध कार्यक्रम गरि सोनाम ल्होसार मनाइएको हो । मौलिक पहिरनमा सजिएका तामाङ समुदायले र्यालीसमेत निकालेका थिए । नगर अध्यक्ष यामबहादुर गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर हर्क साम्पाङ, बिशेष अतिथि उपमेयर अइन्द्रबिक्रम बेघा रहेका थिए ।

मेयर साम्पाङले सोनाम ल्होसार तामाङ जातिको मात्र नभै राष्ट्रिय चाडकोरुपमा मान्यता पाएकोले नेपाल सरकारले सार्वजनिक विदा दिएको बताए । उनले कुनै पनि जातिको चाड सोही जातिको मात्र एक्लो चाड भनेर बुझ्न नहुने पनि बताए । ‘हाम्रो जस्तो बहुजातिय, बहुसाँस्कृतिक देशमा एक जातिले अर्को जातिलाई सहकार्यको दृष्टिले सद्भावको दृष्टिले सहअस्तित्वको दृष्टिले हेर्नुपर्छ, सोही अनुसार व्यवहार गर्नुपर्छ,’उनले भने । 

भिडियो:

नेपालमा १२५ जातजातिहरु मिलेर बसेको भन्दै मेयर साम्पाङले नेपालीहरु बीचमा भएको जातीय सहिष्णुता र अन्तरघुलित भएर बसेको समाजले विश्वलाई कसरी मिलेर बसेका छौं भनेर सन्देश दिइरहेको बताए । ‘नेपालमा विश्वभरका पर्यटक आउनुहुन्छ, उनीहरु हिमाल, वन्यजन्तु मात्र हेर्न आएका हेइनन् । हाम्रो समाजलाई हेर्न आएका छन्, समाजका विभिन्न जातजाति, सँस्कार, भाषा,भेषभुषा हेर्न आएको हा,’उनले भने,‘त्यसैले हामीले हाम्रो सँस्कार, सँस्कृतिलाई बचाउनु नै हाम्रो सुन्दरतालाई बचाउनु हो ।’

lohsar1

उपमेयर बेघाले नयाँ संविधानले नेपाललाई बहुधार्मिक, बुहभाषिक, बहुसाँस्कृतिक मुलुककोरुपमा सम्बोधन गरेको र त्यही संविधानले प्रदान गरेको हकअधिकार उपभोग गर्दै जातिय, धार्मिक, सँस्कृतिलाई सम्मान गरिरहेको बताए । उनले पुर्खाहरुको योगदानको स्मरण गर्दै नयाँ नेपालमा आफ्नो योगदान र भुमिका खोजी गर्दै अघि बढीरहेको पनि बताए । ‘इतिहासले एकल राज्य स्थापना गर्ने सोच र मानसिकतालाई किनारा लगाएर देशलाई सबै जाति, भाषा, धर्म, सँस्कृति रमाउने देश बनाएका छौं, सबैलाइ सम्मान गर्ने देश बनाएका छौं,’उनले भने । कार्यक्रममा घेदुङलाई सम्मान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो भने साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । 

lohsar10

lohsar6

lohsar11

lohsar7

lohsar9

lohsar8

lohsar5

lohsar4