धरान: बषौंदेखि लागुऔषध दुव्र्यसन कारोबारले धरान वदनाम छ । प्रहरी प्रशासन, समुदाय, संघसंस्था सबै लागुऔषधविरुद्ध सक्रिय छ । मेयर हर्क साम्पाङ प्रत्येक शुक्रबार लागुऔषधविरुद्ध जनचेतनामुलक अभियान गरिरहेका छन् । तर, पछिल्लो ३ बर्षको प्रहरी तथ्यांकले भने अझै पनि धरानमा लागुऔषध नै प्रमुख चुनौती रहेको देखिन्छ । 

इलाका प्रहरी कार्यालय धरानको प्रमुखमा हालै सरुवा भई आएका डिएसपी नवराज मल्लले बिहिबार पत्रकारहरुसँग अन्र्तक्रिया पछिल्लो ३ बर्षको मुद्दाको प्रकृतिको तथ्यांक प्रस्तुत गरे । ‘धरानलाई लागुऔषधको सहर भनियो भन्ने गुनासो छ, तर म आएर मुद्दाको प्रकृति हेरे, त्यही नै देखिन्छ,’उनले भने,‘त्यसपछ अभद्र व्यहार र पछिल्लो समय बैंकिङ कसुरको पनि मुद्दा बढीरहेको छ ।’ उनले शान्ति सुरक्षा र अपराध अनुसन्धानको पाटोलाई प्रभावकारी बनाउन पत्रकार र प्रहरीबीच समन्वय, सहकार्य हुनुपर्ने पनि बताए ।

dsp-nawara-malla1

डिएसपी मल्लका अनुसार आर्थिक बर्ष २०७७/७८ मा ३७८ वटा मुद्दा दर्ता भएकोमा ५७ वटा अर्थात १५ प्रतिशत लागुऔषधका थिए । यस्तै, २०७८/७९ मा ५११ वटा मुद्दा दर्ता भएकोमा ५५ वटा अर्थात १० प्रतिशत हाराहारी लागुऔषध नै छ भने यो बर्षको ८ महिनामा ४१० वटा मुद्दा दर्ता भएकोमा ४२ वटा लागुऔषधको रहेको डिएसपी मल्लले बताए । उनले भने,‘यो हेर्दा धरानमा लागुऔषध दुव्र्यसनीको समस्या नै चुनौतीकोरुपमा देखिन्छ ।’

लागुऔषधसँगै धरानमा अभद्र व्यवहारको मुद्दा पनि अत्यधिक रहेको डिएसपी मल्लले बताए । त्यसपछि बित्तिय अपराधको मुद्दाहरु बढीरहेको उनले बताए । ‘बैंकिङ कसुर, आर्थिक ठगी, चेक बाउन्सको मुद्दा बढ्दैछ । यही अनुपातमा बढ्दै गयो भने थेग्नै नसक्ने, अनुसन्धान गर्न नभ्याउने अवस्था हुनसक्छ,’उनले भने,‘अहिले नै १९ प्रतिशत रहेछ, आउन आटेजति सबै मुद्दा लिदै जाने हो भने हामी यही मात्र केसमा धेरै दौडिन्छौं कि भन्ने स्थिति देखिन्छ ।’

भिडियो: