केराबारीः मोरङ्गको केराबारी गाउँपालिका ५ मा शनिबार आयोजित एक कार्यक्रममा सालक संरक्षण गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । 

विश्व सालक दिवसको अवसरमा सतिसालेस्थित प्रगति चोकमा आयोजित कार्यक्रममा सरोकारवाला वक्ताहरुले आफ्नो क्षेत्रबाट संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । केराबारी गाउँपालिकाकी पूर्व उपप्रमुख शान्ति लिम्बु (भुजेल)ले आफ्नो कार्यकालमा सालक संरक्षणका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा योजना समावेश गरिएको जानकारी दिइन् । उनले सालक प्रकृतिको महत्वपूर्ण जीव रहेको र यो मानवका लागि अति उपयोगी जीव भएको पनि बतायन् ।

पूर्व उपप्रमुख भुजेलले सालकको बासस्थान यही गाउँपालिका क्षेत्र पनि रहेको भन्दै लोपोन्मुख जीवलाई संरक्षण गर्ने जिम्मा केराबारीबासीको काँधमा आएको पनि बताइन् । यसैगरी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले सालकको बिषयमा आँफुले पनि धेरै बिषय जान्ने मौका पाएको भन्दै कार्यक्रम आयोजक नमुना फर्माकल्चर सिकाई थलो याङ्गशिला मोरङ्ग, तम्मर फर्माकल्चर सिकाई थलो अनि भर्टिकल बायोडाईभर्सिटी फण्डलाई धन्यबाद दिए । 

salak

अध्यक्ष मिरिङ्गचिङ्गले लोपोन्मुख जीव केराबारी क्षेत्रमा पाईने भन्दा गर्व अनुभुति भएको भन्दै यसको संरक्षणका लागि के कस्ता कामहरु गाउँपालिकाले गर्नुपर्ने हो त्यसका लागि आँफु र आफ्नो टिम तत्पर रहेको बताए । यस्तै, केटिके बेल्ट देशीय प्रतिनिधि प्रमोद लिङ्गदेनले हरेक पाँच मिनेटमा सालक मरिरहेको भन्दै यसलाई संरक्षण गर्नुपर्ने दायित्व रहेको बताए । उनले सालक संरक्षणका लागि स्थानीय तहले पनि पहल कदमी लिन आवश्यक रहेको बताए । 

सालक दिवसको अवसरमा केराबारी ५ मा साताब्यापी कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तरगत शनिबार चित्रकला एवं बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बिजयी हुनेहरुलाई पुरस्कृत गर्नुका साथै जैविक बिबिधता अनि बिभिन्न क्षेत्रबाट सामाजिक योगदान पु¥याउने ४ जनालाई सम्मान समेत गरिएको कार्यक्रमका अध्यक्ष तथा नमुना पर्माकल्चरका अध्यक्ष कुमार बिश्वकर्माले जानकारी दिए ।

salak2

salak3

salak4