धरान: धरानको वडा नं ७ र २ को सिमानामा अवस्थित शान्तिपथ सडक ३० फिट बनाइने भएको छ । 

धरानको पुरानो मध्येको एक सडक शान्तिपथलाई ३० फिट बनाउन मंगलबार स्थलगत नापजाँच भएको छ । सडक नाप्न मेयर हर्क साम्पाङ पनि पुगेका थिए भने वडा नं ७ का वडाअध्यक्ष जीवन सुवेदी, वडा नं २ का वडाअध्यक्ष रमेश राई, कार्यपालिका सदस्य विकास भाटी पनि पुगेका थिए । वडा प्रहरी कार्यालयअघिको पोइन्टदेखि माछाभौडीको पुलसम्म जग्गा नापजाँच भएको थियो ।

shanti-path1

हाल सडक कति चौडाईको छ, र ३० फिट बनाउदा कति घरमा क्षति पुग्छ वा पुग्दैन भनेर पहिलो चरणमा नाप लिएको वडा २ का अध्यक्ष रमेश राईले जानकारी दिए । अब सबै घर तथा जग्गाधनीलाई पत्रचार गरेर उपमहानगरपालिकामा छलफलको लागी बोलाउने पनि उनले बताए । 

मेयर साम्पाङले सरोकारवाला स्थानीयसँग छलफल गरेर नै विकास निर्माणको कार्य अघि बढाउने बताए । वडा नं ७ का अध्यक्ष जीवन सुवेदीका अनुसार यो बाटो धेरै पुरानो हो । धरानमा पहिलो पटक प्रहरी थाना भानुचोकमा बस्दा नै यो बाटो निर्माण भएको उनको भनाई छ । ‘म नै ६० बर्ष पुगिसके, म जन्मदा पनि यो बाटो थियो भनेपछि कति पुरानो होला ?’ शान्तिपथ बाटोबारे उनले भने । 

भिडियो: