धरान: मेयर हर्क साम्पाङले श्रमदान तथा देशविदेशबाट आर्थिक सहयोग जुटाएर कोकाहा खानेपानी अभियान चलाइरहेका छन् । 

धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुदै २५ किलोमिटर भन्दा बढी पाइप विछ्याएर ल्याउन श्रमदान भइरहेको छ । यो योजनाको लागी पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान गरिएको छ । यही योजनाको लागी सहयोग जुटाउन हिजो (शनिबार) साँझ धरानमा च्यारिटी कन्सर्ट भएको थियो ।

सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा भएको कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरुले निःशुल्क गीत गाएका थिए । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कन्सर्टमा चर्चित गायक राई इज किङ राजेश पायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्केले पनि गीत गएका थिए । 

भिडियो:

कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाउदा उत्साहको लहर छाएको थियो । वडा नं २ का वडाअध्यक्ष रमेश राईले गीत गराउदा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा पनि छमछमी नाचेका थिए । धरान नृत्य कला प्रतिष्ठानले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । अन्तिम प्रस्तुतीकोरुपमा गायक राजेश पायलको गीत सकिदा मध्यराती साढे १२ बजे बजिसकेको थियो । 

मेयर साम्पाङले निःशुल्क गीत गाउन आएका कलाकारहरु बिशेष आभार प्रकट गर्दै कार्यक्रम ऐतिहासिक भएको बताए । उनले कोकाहा खानेपानी अभियानलाई कलाकारहरुले पनि साथ दिएको भन्दै जसरी पनि पानी ल्याएरै छोड्ने बताए । कलाकारहरुले पनि मेयर साम्पाङ जनताको हितमा दिनरात खटिएको कारण आफुहरु पनि सहयोग गर्न धरान आएको बताएका थिए । कार्यक्रमकी संयोजक एवं गीतकार मिना सिंगकले सांगीतिक साँझ भव्यरुपमा सम्पन्न भएको र आयव्यय केही दिनमा सार्वजनिक गरिने बताए । 

भिडियो:

kokaha

kokaha5

kokaha1

kokaha10

kokaha2

kokaha6

kokaha10

kokaha7

kokaha9