धरान: किरात जातिहरुको उभौली पर्वको अवसर पारेर शुक्रबार साँझ भानुचोकमा साँस्कृतिक खानपान प्रर्दशन गर्दै कोशी प्रदेश नाम खारेजीको माग गरिएको छ । 

किरात याक्थुङ चुम्लुङ धरानको आयोजनामा भानुचोकमा साँस्कृतिक खानपान प्रर्दशन गर्दै कोशी प्रदेश नाम खारेजीको माग गरिएको हो । उभौलीलाई लिम्बु जातिले यक्वा तङनाम भनेर मनाउने गरेको छ । भानुचोकमा लिम्बु जातिको महत्वपुर्ण साँस्कृतिक परिकार जाँड पनि विरतण गरिएको थियो । 

yakwa

विरोध सभालाई सम्बोधन गर्दै पहिचानी नेता ताजुब लिम्बुले पहिचानको आन्दोलन निरन्तर भइरहेको बताए । पहिचानको आधारमा राज्यको पुर्नसंरचना हुनपर्छ भनेर आन्दोलन गरिरहदा नश्लवादी चिन्तन भएका नेतृत्वहरुले गर्दा पहिचानसहितको संघीयता पाउन नसकेको बताए । नश्लीय चिन्तन बोकेका केही नेता र राजनीतिक दलको कारण प्रदेश १ को नाम कोशी भएपनि खारेज गर्न आन्दोलनमा उत्रिएको उनले बताए । 

यो बर्षको उभौलीलाई प्रतिकात्मक विद्रोहकोरुपमा मनाइएको पनि उनले बताए । लिम्बु समुदायको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने तत्वमा जाँडलाई लिम्बु सँस्कृतिमा बाँडेर खाने चलन सामुहिक एकता र भावनात्मक सम्बन्धको प्रतिक पनि भएको बताए । साथै उनले कोशी प्रदेश खारेजको माग र आन्दोलन न्याय, समानता, पहिचानको आन्दोलन भएको र पुरा नभए विद्रो हुने पनि बताए । कार्यक्रमलाई संयुक्त सङ्घर्ष समितिका सदस्य अशोक राईले पनि सम्बोधन गरेका थिए । 

भिडियो: