धरान: विश्व संगीत दिवसको अवसरमा यही असार ८ गते शुक्रबार धरानमा सांगीतिक कार्यक्रम र सम्मान पनि गरिने भएको छ ।

धरान संगीत प्रतिष्ठानको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिमको भवन दिउँसो ४ बजेदेखि सांगीतिक कार्यक्रम गरिने भएको हो । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रममा वरिष्ठ गायिक लोचन भट्टराई र वरिष्ठ गीतकार श्याम तमोटलाई सम्मान गरिने जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश राईले सांगीतिक कार्यक्रममा वरिष्ठ गायक दिप श्रेष्ठसँगै धरानका कलाकारहरुको लाइभ प्रस्तुती पनि हुनेछ । 

प्रतिष्ठानले विगतमा भानुचोकमा विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने गरेको थियो । यसपाली भने बजेट अभावको कारण इन्डोर कार्यक्रम गर्ने तयारी भइरहेको पनि अध्यक्ष राईले बताए । प्रतिष्ठानले २०७० सालदेखि विश्व संगीत दिवस धरानमा मनाउन थालेको हो ।