धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघालाई पनि डेंगु संक्रमण भएको छ ।

जिउ दुख्ने, टाउको दुख्नेलगायत स्वास्थ्य समस्या भएपछि आज परिक्षण गर्दा उपमेयर बेघालाई डेंगु संक्रमण भएको देखिएको हो । रिपोर्टमा उनको डब्लुबिसि(वाइट ब्लड सेल) र प्लेटलेट्स सामान्यभन्दा केही कम देखिएको छ । डब्लुबिसि सामान्यतय ४ हजारदेखि ११ हजार हुनुपर्नेमा रिपोर्टमा ३८ सय आएको छ भने प्लेटलेट्स १ लाख ५० हजारदेखि ४ लाख हुनुपर्नेमा १ लाख ३० हजार देखिएकोछ । 

उपमेयर बेघाले जिउ दुःखीरहेको अवस्था भएपनि स्वास्थ्य अवस्था ठिकै रहेको प्रतिक्रिया दिए । टेलिफोन सम्पर्कमा उनले भने, जिउ दुख्ने, टाउको दुख्ने भइरहेको थियो । त्यसैले जाँच गर्दा डेंगु पोजेटिभ देखियो । अहिले स्वास्थ्य ठिकै छ ।