धरान: असार १० गते उद्घाटन भएर स्थगित गरिएको धरानको १३ औं नगरसभामा असार २१ गते बस्ने मिति तोकिएको थियो । उक्त नगरसभामा नीति तथा कार्यक्रम र १ अर्ब ७१ करोडको बजेट पेश गरिएको भएपनि कार्यपालिका बैठकबाट नै वडाको सिलिङ, बिषयगत समितिको ब्रेकडाउनलगायत पारित भएको थिएन ।

नगरसभा उद्घाटनमा ३ जना नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रम र बजेटमाथि सुझावसहित धारणा राख्दै संशोधनको माग गरेका थिए । नगरसभा स्थगित भएपछि बसेको कार्यपालिका बैठकमा पनि नीति, कार्यक्रम र बजेटमा सहमति जुटेन, र असार २१ गते बस्ने भनिएको नगरसभा असार २५ गतेलाई सार्ने निर्णय गरिएको थियो । अब मात्र २ दिन बाँकी रहदा आज (शनिबार) बसेको कार्यपालिका बैठकबाट पनि नीति तथा कार्यक्रम, वडागत र बिषगयत कार्यक्रमहरुमा सहमति जुट्न सकेन । 

srijana nepal

वडाहरुले बजेट ब्रेक डाउन गरेर कार्यक्रमरु योजना तर्जुमा समितिमा पठाएका छैनन् भने सामाजिक विकास समितिले गरेको ब्रेक डाउनलाई योजना तर्जुमा समितिले फेरवदल गरेको भन्दै समिति सभापति सृर्जना नेपालले असन्तुष्टी जनाइन् । यस्तै, नीति तथा कार्यक्रममा सुझावसहित संशोधन गर्न गरिएको लिखित आग्रहलाई पनि वेवास्ता गरिएकोले पारित नगर्ने वडा १५ का अध्यक्ष नरेश इवारम र अनुप देवानले अडान राखेका थिए । नीति तथा कार्यक्रम र बजेटप्रति असन्तुष्ट वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरु एमालेबाट निवार्चित हुन् । कार्यपालिका बैठक र नगरसभामा एमालेको बहुमत छ ।

सहमति नजुटेपछि कार्यपालिका बैठक नगरसभा हुने दिन सोमबार बिहान ८ बजे बस्ने निर्णय भएको छ । त्यसअघि आइतबार नै वडाहरुले बजेट ब्रेकडाउन गरेर पठाउने र दिउँसो २ बजे योजना तर्जुमा समितिको बैठक बसेर बाँकीरहेको बिषयहरु टुंग्याउने समिति संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । 

भिडियो:

भिडियो: