धरान: ‘पर्यटकहरुको लागि धरानमा राम्रो होटल छैन’ भन्ने गुनासोलाई मध्यनजर गर्दै धरान १५ मा पाँच तारे स्तरको सेवा भएको होटल मेरिकेन सञ्चालनमा आएको छ ।

शनिबार एक समारोहबीच चर्चित नायक धिरज मगरले सुविधा सम्पन्न उक्त होटलको उद्घाटन गरेका थिए । यो होटल युरोपमा पनि व्यवसायिकरुपमा सफलता पाइसकेका केन्द्र लिम्बूले सञ्चालन गरेका हुन् । उनका अनुसार हालसम्म २० करोड बढी लगानी भइसकेको छ । 

hotel meriken6

उद्घाटन पश्चात नायक मगरले होटलको सेवा उत्कृष्ट भएको प्रतिक्रिया दिए । होटल औपचारिकरुपमा उद्घाटन हुनुअघि नै पनि परिवारसँग आएर बसेको खुलाउदै उनले भने,‘धरानको लागि यो स्तरको होटल अतिआवश्यक थियो । म एकदमै खुशी छुँ । धरानको पर्यटनलाई बढाउन, धरानलाई चिनाउन केन्द्र लिम्बूले यो आँट गरेर लगानी गर्नुभएको छ । सेवा एकदमै उत्कृष्ट छ ।’

के के छन् सुविधा ?

होटल मेरिकेन प्रालिका अनुसार होटलमा १९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । जसमा ज्याकुजिसहितका आधुनिक बाथ सुविधा पनि उपलब्ध छन् । होटल परिसरभित्रै पाहुनाहरुका लागि साउना, स्पा र जिमको पनि सुविधा समावेश गरिएको छ, जसले आराम र स्वास्थ्यमा सन्तुलन लगाउने प्रालिको भनाई छ ।

भिडियो:

यस्तै, होटलमा आकर्षक स्विमिङ पुल, आधुनिक कार्यक्रम हल र उच्चस्तरीय बार तथा मनोरञ्जन क्षेत्रको समेत व्यवस्था गरिएको प्रालिले जनाएको छ । यसैगरि, होटलमा रहेको ‘इग्नाइट रेस्टुरेष्ट’ ले अन्तर्राष्ट्रिय स्वाद र स्थानीय परिकारहरुको आकर्षक संयोजन पनि प्रस्तुत गर्ने होटल मेरिकेनले जनाएको छ । यस्तै, नेपालकै पहिलो स्काई बार ‘११.११’ धरानको सुन्दर दृष्यसँगै पाहुनाहरुलाई अनौठो र अविष्मरणीय अनुभव दिलाउने पनि होटलको दाबी छ ।

hotel meriken2

‘होटलमा न्युनतम ८ हजारदेखि २३ हजारसम्मको सुविधा सम्पन्न कोठाहरु छ, पाहुनाहरुले आफ्नो रोजाई अनुसार विभिन्न स्तरको सुविधा अनुभव प्राप्त गर्न सक्छन्,’ होटल मेरिकेन प्रालिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘प्रालिले धरानको आतिथ्यता तथा पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने दृढ विश्वास लिएको छ, यसले स्थानीय रोजगार सृर्जना, पर्यटन प्रर्वद्धन तथा धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानलाई थप बल पुर्याउनेछ ।’

hotel meriken5

hotel meriken3

hotel meriken7

hotel meriken8

hotel meriken9